यार्सागुम्बाले हिमालीबासीको जीवन फेरियो

बिरेन्द्र धानुक-नेपालको हिमाली जिल्लाहरुमा परापूर्वकाल देखि नै पाइने विभिन्न किसिमका जीवनदायी दुलर्भ जडीबुटीहरुले हिमालीबासीकाे जीवनमा निकै परिवर्तन ल्याएकाे छ । जसमध्ये हिमाली क्षेत्रमा पाइने दुलर्भ जडीबुटीहरु मध्ये यार्सागुम्बा पनि हाे । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpilar fungus  भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । यार्सागुम्बा नेपाल र तिब्बतकाे हिमाली भागमा पाइने एक प्रकारको बहुमुल्य जडीबुटी हो । समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ ।  चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ । नेपालका हिमाली भेगका बासिन्दाहरुको मुख्य आर्यआर्जनको स्रोत जडिबुटी संकलन तथा बिक्री वितरण गर्नु हो ।
हिमाली क्षेत्रमा सिमित उब्जाउ हुने जमिन भएकाले वर्षभरी छ मिहिनासम्मका लागि मात्रै खानका लागि खाद्यान्न पुग्छ । त्यस्तै सेवा सुविधाको पहुचँ नपग्दा त्यहाँका अधिकांश युवाहरु बरोजगार नै हुन्छ । पछिल्लो समय देखि दुलर्भ जडीबुटी खरिद बिक्री हुन थाले पछि हिमालीबासीको जीवन कायाँ पल्ट भएको छ । यार्सागुम्बा लगायत अन्य दुलर्भ जडीबुटी संकलनबाट हिमालीबासीले वर्षको बाँकी समयको खाद्यान्न, कपडा लगायत अन्य खर्चहरु यार्सागुम्बाबाटै पूर्ति गर्नुका साथै अन्य आवश्यकताहरु पनि पुरा गर्ने भएकाले यार्सागुम्बा लगायत अन्य जडीबुटी "कोषेढुङगा" सावित हुन पुगेको छ ।
हिमाली जिल्लाका मानिसहरु नयाँ वर्षको शुरुवातसँगै अधिकांश यार्सागुम्बा संकलनमा हिमाल तिर जाने थौर कम मानिसहरुमात्रै व्यापार व्यवसायका लागि समेत सरिक हुन्छन् । मनभरी अनेक सपनाहरु सजाउदैँ हिमालतिर बसाई सरेर यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन गरी पmर्किदा सपना साकार पार्ने तथा पश्चिम नेपालका रहर लाग्दा शहर धनगढी र महेन्द्रनगर तिर समेत बसाईको चाँजोपाँजो मिलाउने गर्दछन् ।
बहुमुल्य जडीबुटी यार्सागुम्बा लगायत अन्य जडिबुटीहरुका कारण हिमाली क्षेत्रका बासिन्दाहरु "भोकमारीको समस्या" झेल्नबाट जोगिएका छन्, भने अर्कोतिर त्यहाँका युवाहरु उच्च शिक्षा हाँसिलन गर्नबाट बञ्चित हुनबाट जोगिएका छन् । हिमाली क्षेत्रमा उच्च शिक्षा हासिल गर्नका लागि विद्यालयहरु नहुदाँ दश वर्ष पहिलकै अनुमान गर्दा गाउँमा एक÷दुई जना बाहेक अन्य उच्च शिक्षा आर्जन गरेका व्यक्तिहरु भेटिदैन्थे । बहुमुल्य जडीबुटीको कारणले हिमाली क्षेत्रका बासिन्दाले तराई तथा सहरमा गएर छोराछोरीलाई उच्च शिक्षा दिन तथा केही सम्पत्ती समेत जोड्न सकेको छन् । त्यस्तै गाउँमा पहिले सबै बेरोजगारी अवस्था रहेका स्थानीयहरुले बहुमुल्य जडिबुटी संकलनबाट रोजगारी समेत प्राप्त गरेका छन् । संकलन गरेका यार्सागुम्बा तथा अन्य जडीबुटीहरुले स्थानीय स्तरको मुल्य नपाउँदा शिक्षा आर्जन तथा अन्य कामका लागि हिमालबाट तराई तथा सहर झरेकाहरु पूनः गाउँनै फर्किने गरेको समेत पाइन्छ ।
हिमाली भेगका बासिन्दाहरुको जिवनस्तर माथि बहुमुल्य जडिबुटीहरुले उकासेको छ । यार्सागुम्बा बजारमा चल्नु भन्दा पहिले त्यस क्षेत्रका स्थानीयले कटुसी, पाँचऔले, खिराइलो, च्याउँ लगायतका जडीबुटीहरु संकलन गर्दछन् । त्यस्तै व्यापारीहरुले संकलन गरेका यार्सागुम्बा लगायत बहुमुल्य जडीबुटीहरु खरिद गरेर स्वदेश तथा विदेशमा बिक्रि वितरण गर्ने गरको पाइन्छ । दुलर्भ जडीबुटीहरु स्वदेशमै प्रशोधन गरी विभिन्न औषधी लगायत अन्य वस्तुहरु बनाउन सकेमा स्थानीयलाई रोजगारी प्राप्त हुने, राम्रो आयआर्जन गर्न सकिनुका साथै राज्यले पनि राम्रो राजश्व संकलन गर्न समेत सघाउ पुग्ने देखिन्छ ।

Petition unterzeichnen
Petition unterzeichnen
Sie haben JavaScript deaktiviert. Es kann sein, dass Ihre Website ohne JavaScript nicht richtig funktioniert.

Datenschutzpolitik

Wenn Sie hier unterzeichnen, akzeptieren Sie die Nutzungsbedingungen von Care2
Sie können Ihre E-Mail-Abonnements jederzeit verwalten.

Sie haben Probleme, dies zu unterzeichnen? Informieren Sie uns.